तस्बिरमा २९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस
दिवसका अवसरमा निकालिएका र्यालीहरूमा महिला-पुरूष परम्परागत पहिरनमा सजिएका थिए। यो वर्ष आदिवासी जनजातिहरुले ‘इन्डिजिनियस युथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ भन्ने नाराका साथ दिवस मनाए।
काठमाडौं, साउन २४ : आज अगस्ट ९ अर्थात् २९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस। आदिवासी जनजातिसम्बद्ध विभिन्न संघसंस्थाले देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन्।
दिवसका अवसरमा निकालिएका र्यालीहरूमा महिला-पुरूष परम्परागत पहिरनमा सजिएका थिए। यो वर्ष आदिवासी जनजातिहरुले ‘इन्डिजिनियस युथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ (आत्मनिर्णयका लागि परिर्वतनका सम्वाहक आदिवासी युवा) भन्ने नाराका साथ दिवस मनाए।
बुधबार भृकुटी मण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म भएको र्यालीमा ‘पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं’, ‘विश्व आदिवासी दिवस सफल पारौं’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरिए।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो।
संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो।










1691578044.jpg)
















