Kathmandu Press

हराइरहेका ६ मध्ये दुई वाग्मतीमा मृत फेला, एकजनाकाे १५ घण्टापछि जीवितै उद्धार

पहिरोमा परेका अझै तीनजना बेपत्ता छन्।
हराइरहेका ६ मध्ये दुई वाग्मतीमा मृत फेला, एकजनाकाे १५ घण्टापछि जीवितै उद्धार

मकवानपुर, साउन २४ : मकवानपुरको वाग्मती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ। 

बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ।  

पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन्। अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी, चार वर्षीया नाति मिलन पहरी, डेढ वर्षीय नातिनी दिव्या पहरी अझै फेला पर्न नसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरोमा परी हिजो एकजनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएकामा १६ वर्षीय पासाङ घिसिङलाई १५ घण्टापछि जीवितै उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ। 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्