Kathmandu Press

सुन तस्करी लगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ : वामदेव गाैतम

बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन्।
सुन तस्करी लगायतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ : वामदेव गाैतम

काठमाडाैं, साउन २४ : राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी लगाएतका प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा गौतमले सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा अनुसन्धान सुरु गरेर सरकारले राम्रो काम गरेको भन्दै यस्ता प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन्।

गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने मागले अहिलेको अनुसन्धानलाई नै प्रभाव पर्ने जिकिर गरे।

उच्चस्तरीय छानविन समिति गठन गरेपछि पनि क्षेत्राधिकार र कार्यदेशको प्रश्न उठ्न सक्ने र प्रधानमन्त्रीले समेत राजीनामा गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।

गौतमले प्रधानमन्त्रीलाई नै हटाउन खोजिएको हो भने अविश्वासको प्रस्ताव ल्याउन सुझाव समेत दिए। उनले सरकारले नै छानबिनका लागि समय माग गरेकाले पर्खनुपर्ने र त्यसपछि मात्रै उच्चस्तरीय छानबिन समिति माग गर्नुपर्ने जिकिर गरे।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्