देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेट
संसदको अवरोध खुलाउने विषयलाई लिएर उनले आज (बुधबार) छुट्टाछुट्टै भेटवार्ता गरेको बताइएको छ।
काठमाडौं, साउन २४ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।
संसदको अवरोध खुलाउने विषयलाई लिएर उनले आज (बुधबार) छुट्टाछुट्टै भेटवार्ता गरेको बताइएको छ।
भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटानरमा भएको थियो। भेटमा संसदको अवरोध खुलाउनेबाहेक अन्य राजनीतिक विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ। संसद खुलाउन सोमबार र मंगलबार दलहरुबीचको छलफलमा सहमति जुट्न नसकेपछि एमालेले प्रतिनिधिसभामा अवरोध कायमै राखेको छ।
संसद अवरोधका कारण कार्यसूचीअनुसार छलफल हुन नसक्दा संसदीय समितिका सभापति चयन, विधेयक अगाडि बढाउनेलगायतका प्रक्रिया अगाडि बढ्न सकेको छैनन्।











