Kathmandu Press

मकवानपुरमा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी

राक्सिराङ गाउँपालिकामा गाउँपालिका–२ औडारमा जंगली च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका हुन्।
मकवानपुरमा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी

मकवानपुर, साउन २४ : मकवानपुरमा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी परेका छन्।

राक्सिराङ गाउँपालिकामा गाउँपालिका–२ औडारमा जंगली च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका हुन्।

च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए। विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन्।

सुरुमा राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारका लागि भरतपुर रिफर गरिएको त्यहाँका प्रमुख प्रकाश कार्कीले बताए। 

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्