टिकटक लाइभले विवादमा तानिएका डमरूप्रसादसहित २० उपसचिव र १८ शाखा अधिकृतको सरुवा (सूचीसहित)
डमरुप्रसादलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ भने उनको स्थानमा तारकेश्वर नगरपालिकाका गणेशराज कार्कीलाई पठाइएको छ।
काठमाडौं, साउन २४ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ।
सरूवा हुनेमा झपाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला पनि छन्। उनी टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए। उनलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ भने उनको स्थानमा तारकेश्वर नगरपालिकाका गणेशराज कार्कीलाई पठाइएको छ।
मन्त्रालयले शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । सरुवा भएका धेरैजसोलाई तराई मधेशका स्थानीय तहहरुमा खटाइएको छ। विवादमा आएपछि निवासको रङसमेत परिवर्तन गरेको आरोप उनीमाथि लागेको थियो।

1691565113.jpg)
प्रकाशित मिति: १२:५३ बजे, बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











