Kathmandu Press

संखुवासभाको कारागारमा झडप, दुई कैदीबन्दीको मृत्यु

मृत्यु हुनेमा नुवाकोटको ककनी–७ का आकाश बलामी र संखुवासभाको मादीका विनोद तोलांगी रहेको जनाइएको छ।
संखुवासभाको कारागारमा झडप, दुई कैदीबन्दीको मृत्यु

काठमाडौं, साउन २४ : संखुवासभाको कारागारमा झडप हुँदा दुई कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको ककनी–७ का आकाश बलामी र संखुवासभाको मादीका विनोद तोलांगी रहेको जनाइएको छ।

विनोद जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाय तोकिएका व्यक्ति हुन् भने भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए।

आज (बुधबार) बिहान कारागारभित्र झडप भएको थियो। सुरुमा उनीहरु घाइते भएको र अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्शासन कार्यालय संखुवासभाले जनाएको छ।

जेल प्रशासनका अनुसार बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले बाहिर निस्किएका उनीहरूलाई ड्युटीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएर फेरि जेलमै राखेका थिए।

बिहान करिब ५ बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए। कैदीबन्दीबीच कुटाकुट हुँदा उक्त ङटना भएकाे जनाइएकाे छ। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १२:१० बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्