प्रवक्ताको जिम्मेवारी सम्हाल्दै अग्नि सापकोटा
राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन्।
काठमाडौं, साउन २१ : पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज (बुधबार) देखि नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन्।
राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन्।
माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ।
त्यसका लागि दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन्। यसअघि प्रवक्ताको जिम्मेवारीमा अर्का उपाध्यक्ष कृष्णबहादुर महरा थिए।
प्रकाशित मिति: ११:५२ बजे, बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











