Kathmandu Press

कानुन निर्माण गरेरै आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौ : कानुन मन्त्री गुरुङ

आदिवासी जनजाती आयोगले तय गर्ने कार्ययोजना कार्यान्वयनका लागि सरकारले पूर्णरुपमा सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए।
कानुन निर्माण गरेरै आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौ : कानुन मन्त्री गुरुङ

काठमाडौं, साउन २३ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुन निर्माण गरेरै सुनिश्चित गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कानुन मन्त्री गुरुङले २०८० सालभित्र आदिवासी जनजातिहरू हक अधिकार स्थापित गर्ने प्रतिवद्धा जनाए।

‘यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा आयोगका अध्यक्ष र सम्बन्धित पदाधिकारीसँग थप छलफल गरेर कानुन निमार्णका विषय अगागि बढाउँछौं,’ उनले भने, ‘आदिवासी जनजातिको हक अधिकार, स्थापित गर्नेगरी अगाडि बढ्नेछौं।’

आदिवासी जनजाति आयोगले तय गर्ने कार्ययोजना कार्यान्वयनका लागि सरकारले पूर्णरुपमा सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए।  

 

प्रकाशित मिति: ११:२८ बजे, बुधबार, साउन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्