Kathmandu Press

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

बाढी पहिरोकै कारण हालसम्म कूल ११ लाख २५ हजार बराबरको क्षति भएको छ। देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।
बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं, साउन २३ : सोमबार रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।

अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

उनका अनुसार बाढी पहिरोकै कारण हालसम्म कूल ११ लाख २५ हजार बराबरको क्षति भएको छ। देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।

बाढी पहिरोको घटना तथा क्षति भएका विषयमा जानकारी आइरहेको र कतिपय ठाउँका मुख्य राजमार्ग पुनः सञ्चालनका लागि पहल भइरहेको प्रवक्ता भट्टराइले बताए।

‘बाढी पहिरोले क्षति भएका विषयमा जानकारी आउने क्रम जारी छ, अहिलेसम्म एक दर्जन राजमार्ग अवरुद्ध भएका छन्, कतिपय राजमार्ग खुलेका छन्,’ उनले भने, ‘धेरै ठाउँमा डुबान भएको छ, कतिपय ठाउँमा अहिले पनि वर्षा जारी रहेकाले त्यहाँको थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ।

प्रकाशित मिति: २०:०६ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्