Kathmandu Press

सुन तस्करीमा उच्चस्तरीय छानविन समिति बनाउन प्रतिवद्धता नआएको भन्दै एमालेद्वारा संसद अवरोध

‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनााउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो,’ एमाले सचेतक महेश बर्तौलाले भने।
सुन तस्करीमा उच्चस्तरीय छानविन समिति बनाउन प्रतिवद्धता नआएको भन्दै एमालेद्वारा संसद अवरोध

काठमाडौं, साउन २३ : सुन तस्करी प्रकणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिइसकेपछि एमालेले उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको सदन अवरुद्ध गरेको हो ।

‘उच्चस्तरीय छानबिन समितिको मागलाई सम्बोधन गर्ने गरी सरकारको तर्फबाट प्रतिवद्धता जनााउनुहुन्छ भन्ने थियो, तर गृहमन्त्रीले उठेका विषयवस्तु भन्दा बाहिर गएर राजनीतिक प्रवचन दिनुभयो,’ एमाले सचेतक महेश बर्तौलाले भने।

उनले पमुख प्रतिपक्ष र प्रतिपक्ष बेन्चमा रहेका राजनीतिक पार्टीहरुले उठाएको विषयमा सरकार जवाफदेही नभएको आरोप लगाए। सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बर्तौलाले बताए।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्