Kathmandu Press

भुटानी शरणार्थी प्रकरणमा पनि प्रमाणले भेटेसम्म समात्न निर्देशन दिएको छु : गृहमन्त्री श्रेष्ठ

श्रेष्ठले ललिता निवास प्रकरणमा पनि अदालतको आदेशले अनुसन्धानमा सहयोग पुगेको भनाइ पनि राखे।
भुटानी शरणार्थी प्रकरणमा पनि प्रमाणले भेटेसम्म समात्न निर्देशन दिएको छु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, साउन २३ : प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको बताएका छन्।

श्रेष्ठले ललिता निवास प्रकरणमा पनि अदालतको आदेशले अनुसन्धानमा सहयोग पुगेको भनाइ पनि राखे।

‘फलाना पनि त्यसमा संलग्न हुनुपर्ने हो, त्यहाँसम्म त पुगेन भन्ने लाग्न सक्छ। तर सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन, तथ्य प्रमाणको आधारमा गर्न मिल्छ,’ शरणार्थी प्रकरणको सन्दर्भमा संसदमा श्रेष्ठले भने, ‘त्यसकारण अहिले तथ्य प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको छ, तथ्य प्रमाणले जहाँसम्म फेला पार्छ त्यहाँसम्म पुगेर ल्याउने र कारबाही प्रक्रियामा लाने काम भएको छ । यसमा कुनै शंका नगरियोस्।’

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्