Kathmandu Press

‘शीर्ष नेताको स्वार्थमा जनप्रनिधिको आवज बन्धक बनाइयो’

सभापति लामिछानेले सुन प्रकरणको सम्बन्धमा शीर्ष नेताहरूको बैठक र छलफलले संसद्‍ खोल्ने र अवरोध हुने तय भएको भन्दै यसप्रति गम्भीर आपत्ति जनाए।
‘शीर्ष नेताको स्वार्थमा जनप्रनिधिको आवज बन्धक बनाइयो’

काठमाडौं, साउन २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद अवरुद्ध गरेर जनप्रतिनिधिका आवाजलाई बन्धक बनाइएको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले शीर्ष नेताहरूले आफ्नो स्वार्थका आधारमा जनप्रतिनिधिका आवाजलाई बन्धक बनाएको आरोप लगाएको बताए।

सभापति लामिछानेले सुन प्रकरणको सम्बन्धमा शीर्ष नेताहरूको बैठक र छलफलले संसद्‍ खोल्ने र अवरोध हुने तय भएको भन्दै यसप्रति गम्भीर आपत्ति जनाए। प्रमुख दलका शीर्ष नेताहरूको बैठकले संसद्‍को तालिका नै फेरिदिने गरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाए।

‘एकअर्काको अनुहार पनि हेर्न नचाहने शीर्ष नेताहरू भ्रष्टाचारका काण्ड हुँदा किन बैठक बसिरहनुभएको छ? तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसदको समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरु मिल्ने? मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन्,’ उनले भने, ‘हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन्। सदन चल्ने बेलामा नै किन गरिन्छ?’

यस्तै सुन प्रकरणमा माओवादीका नेता कृष्णबहादुर महरा, उनका छोरा साथै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो।

उनले संसदीय समितिमा भागवण्डा मिलाएर अहिले संसद खुलाएको आरोप लगाए।

लामिछानेले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्नुपर्ने बताए । ‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन त्यो समयमा चल्नभन्दा अगाडि चाहे रात परोस्, चाहे विहान होस्, देखिएका, आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखमार्फत आएको सदन चल्ने समयमा सदन किन चल्दैन?,’ उनले भने। 

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्