Kathmandu Press

एमालेलाई विश्वप्रकाशको प्रश्न– संसद कति दिनका लागि खोलेको हो?

मंगलबार संसद् बैठकमा बाेल्दै शर्माले कति दिनको लागि सदन खोलेको भन्र्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई अर्को प्रश्न पनि सोधेका छन्।
एमालेलाई विश्वप्रकाशको प्रश्न– संसद कति दिनका लागि खोलेको हो?

काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल एमालेलाई ‘सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो?’ भन्दै प्रश्न गरेका छन्।

मंगलबार संसद् बैठकमा बाेल्दै शर्माले कति दिनको लागि सदन खोलेको भन्र्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई अर्को प्रश्न पनि सोधेका छन्।

उनले सय केजी सुन प्रकरण मात्रै नभएर फाइल पल्टाएर धेरै विषय हेर्न बाँकी रहेको उनले बताए। उनले गृहमन्त्रीले संसदमा उभिएर जवाफ दिनुपर्छ भनेर भन्ने कुराको लागि पनि संसदमै उपस्थित भएर भन्नुपर्ने पनि बताए।

‘गृहमन्त्रीले यहाँ उभिएर जवाफ दिनुपर्छ भनेर भन्ने कुराको लागि पनि संसदको प्रांगणमा उभिएर भन्नुपर्छ । भनियो संसद प्रतिपक्षको भनेर,’ उनले भने, ‘ प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ। प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो?’

हरेक विषयमा संसद् अवरुद्ध गर्ने परम्परातको अन्त्य गर्नुपर्ने बताएउँदै उनले नेपालको संसदीय राजनीतिमा संविधानले बलियो बनाएका संस्थाहरूप्रति अविश्वास गर्ने र राजनीतिक सहमतिका बनेका छानबिनहरूप्रति विश्वास गर्ने गलत अभ्यास भइरहेको बताए।

उनले एमालेले संविधानले नै बलियो बनाएको नेपाल प्रहरीसहित अनुसन्धान निकायहरूमाथि विश्वास नगरेको तर राजनीतिक छानबिनमा विश्वास देखाएकोप्रति प्रश्न गरे। उनले भने, ‘‘सुन तस्करी प्रकरणमा सरकारले गल्ती गर्‍यो । तर एयरपोर्टमा सरकारको एउटा हातले गरेको गल्ती अलि पर अर्को हातले सच्यायो, अब अनुसन्धान गरौँ, निष्कर्षमा पुगौँ। तर हामीलाई को प्रति अविश्वास हो? हामी आफैँप्रति अविश्वास गरिरहेका पो छौँ कि?,’

महामन्त्री शर्माले हरेक विषय उठ्नेबित्तिकै संसद् अवरुद्ध पार्नु राम्रो नभएको बताए । ‘यो प्रतिनिधिसभा हो, यहाँ प्रतिनिधि आवाज गुञ्जाउने हो । हरेक विषय आउनेबित्तिकै संसद्लाई ठप्प पारिहाल्ने कुराले हामीलाई कहाँ पुर्‍याउँछ?,’ उनले भने।

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्