Kathmandu Press

सभामुख–प्रमुख सचेतक छलफल : सबै दलका एक–एक जनालाई बोल्न दिइने

छलफलमा संसदमा दलीय आधारमा एक–एक जनालाई बोल्न समय दिइने सहमति भएको छ ।
सभामुख–प्रमुख सचेतक छलफल : सबै दलका एक–एक जनालाई बोल्न दिइने

काठमाडौं, साउन २३ : प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छ।

संसद सचिवालय भएको बैठकमा सदनलाई नियमित अगाडि बढाउने विषयमा छलफल भएको बताएको छ। सो छलफलमा संसदमा दलीय आधारमा एक–एक जनालाई बोल्न समय दिइने सहमति भएको छ ।

दलका प्रतिनिधिले बोलिसकेपछि सुन तस्करी प्रकरणका सम्बन्धमा गृहमन्त्रीले जवाफ दिने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ।

यसअघि बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले सबै दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका थिए।

तीन बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्