रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।
रोल्पा, साउन २३ : रोल्पाको त्रिवेणी गाउँपालिका ७ रिचीमा बस दुर्घटना भएको छ। रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे ।
मंगलबार दिउँसो १ बजेतिर बागमाराबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना५ख २६१२ नम्बरको बस रिचीमा दुर्घटना भएको हो। बस सडकबाट करिब १०० मिटर तल खस्दा १४ जना घाइतेकाे प्रहरीले जनाएकाे छ।
प्रहरी र स्थानिय वासिन्दाले घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पु¥याएका छन् । गम्भीर घाइतेहरुको थप उपचारका लागि घोराही पठाउने तयारी भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











