Kathmandu Press

संसद खोल्न एमाले तयार, गृहमन्त्रीले माग सम्बोधन नगरे पुनः संसद अवरोध गर्ने

अहिले ३ बजे बस्ने संसद् बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने छन्। माग सम्बाेधन नभए पुनः संसद् अवराेध गर्ने एमालेकाे तयारी छ।
संसद खोल्न एमाले तयार, गृहमन्त्रीले माग सम्बोधन नगरे पुनः संसद अवरोध गर्ने

काठमाडौं, साउन २३ : एमालेले प्रतिनिधिसभाको बैठक चल्ने भएको छ । बालुवाटारमा भएको शीर्ष नेताहरुको बैठक निष्कर्षमा पुग्न नसकेपनि एमाले संसद्को अवरोध हटाउन तयार भएको हो।

सुन तस्करी प्रकरणमा संसदमा गृहमन्त्रीको जवाफ सुन्न भए एमाले तयार भएका हो। अहिले ३ बजे बस्ने संसद् बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने छन्।

संसदमा गृहमन्त्री श्रेष्ठको जावाफ सुन्न एमाले तयार भएको सचेतक महेश बर्तौलाले बताए । ‘सरकार आफ्नो अडानमा रह्यो, उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अहिलेसम्म सरकार तयार नभएको अवस्था हुँदाहुँदै पनि आज गृहमन्त्रीले केही विषय बताउँछु भन्नुभएको हुनाले सदन चलाउने र गृहमन्त्रीको जवाफ सुन्ने सहमती बनेको छ।’

गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने उनको भनाइ छ। उनले अहिलेको अवस्था हेरेर पनि बैठक खोज्ने निर्णयमा पुगिएको बताए।

‘संसदमा देशभरिका प्रतिनिधिले आफ्ना धारणा राख्नुपर्ने अवस्था छ। बाढी पहिरोको समस्या छ,’ उनले भने, ‘लम्पीस्किन लगायतका विषयहरु छन्, त्यो विषयहरुमा धारणा राख्नलाई पनि हामीले हाउस ओपन गर्नुपर्ने अवस्था छ।’ सरकार एमालेलाई थकाउने र भ्रम छर्ने रणनीतिमा देखिएको पनि उनले बताए।

त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सिआईवीले समेत सुन प्रस्करी प्रकरणमा अनुस्न्धान गरेकाले अरु समिति गठन गर्न नहुने बताए। उनले अहिलको समितिले अनुसन्धानलाई निष्कर्षमा नपु¥याए अरु संयन्त्र बनाउन सकिने बताए।

 

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्