Kathmandu Press

विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

मंगलबार प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन्।
विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिराबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण ढंगले सक्रिय हुन पनि निर्देशन दिए।

वर्षाका कारण आएको बाढीपहिराले मुलुकका विभिन्न ठाउँमा जनधनको क्षति पु¥याएको छ। काठमाडौं उपत्यकामा समेत बाढी र डुबानको समस्या देखिएको छ। अन्य धेरै जिल्लामा सर्वसाधारण प्रभावित भएका छन् भने सडक पहिराले अवरुद्ध बनेका छन्।

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्