Kathmandu Press

सरकार र गौर हत्याकाण्डका पीडितबीच सहमति

मंगलबार भएको सहमतीपछि संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।
सरकार र गौर हत्याकाण्डका पीडितबीच सहमति

काठमाडौं, साउन २३ : सरकार र आन्दोलनरत गौर हत्याकाण्डका पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा सरकार र आन्दोलनकारीविच भएको वार्तापछि सहमती जुटेको हो। मंगलबार भएको सहमतीपछि संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।

सहमती पत्रमा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ।

२०६३ साल ७ चैतमा रौतहटको गौरमा २८ जनाको मृत्यु हुने गरीहिंसा भड्कीएको थियो। उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको थियो। गत १३ साउनदेखि गौर घटनाका पीडित आन्दोलनमा थिए।

प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्