Kathmandu Press

बालुवाटार बैठकमा सहमति नभएपछि सभामखुले बोलाए सचेतकहरुको बैठक

बालुवाटार बैठक निष्कर्षबिहीन भएलगत्तै सभामुख घिमिरेले २ बजे सचेकतहरुको बैठक बोलाएका हुन्।
बालुवाटार बैठकमा सहमति नभएपछि सभामखुले बोलाए सचेतकहरुको बैठक

काठमाडौं, साउन २३ : संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटर बसेको शीर्ष नेताको बैठकमा कुनै सहमति नजुटेपछि सभामखु देवराज घिमिरेले सचेतकहरुको बैठक बोलाएका छन्।

बालुटारमा भएको सभामखुसहित शीर्ष नेताको बैठकमा प्रतिपक्षी र सत्तापक्ष आ–आफ्नै अडानमा कायम सहमति हुन सकेको थिए।

बालुवाटार बैठक निष्कर्षबिहीन भएलगत्तै सभामुख घिमिरेले २ बजे सचेकतहरुको बैठक बोलाएका हुन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक साउन १० यता बस्न सकेको छैन । प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ । पछिल्लो बैठकहरू सूचना टाँसेर स्थगित गरिँदै आएको छ।

प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्