Kathmandu Press

शीर्ष नेताको बालुवाटार बैठक निष्कर्षबिहीन

शीर्ष नेताको बालुवाटार बैठक निष्कर्षबिहीन

काठमाडौं, साउन २३ : संसदमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटरमा करिब ३ घण्टा बसेको शीर्ष नेताहरुको बैठक निष्कर्षबिहीन बनेको छ।

सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग सत्तापक्षले नमानेपछि बैठक निष्कर्षविहीन भएको बताइएको छ।

बालुटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष एमालेका नेता केपी ओली, सभामुख देवराज घिमिरे सभागी थिए। शीर्ष नेताहरुसहित बैठकमा तीन दलका प्रमुख सचेतक र सचेतक पनि उपस्थिति थिए।

उच्च स्तरीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री दाहालले अस्वीकारकाले बैठकमा सहमति हुन सकेको एमालेका सचेतक महेश बर्तौलाले बताए।

प्रहरी र राज्यका सम्बन्धित निकायले क्विन्टल सुन तस्करीको छानबिन गरिरहेको र उनीहरूलाई विश्वास गर्नुपर्न प्रधानमन्त्रीको भनाइ रहेको र एमालेले भने उक्त छानबिनलाई प्रभावित नपर्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेको बताए।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आफ्नै कार्यक्रममा शीर्ष नेताहरुसँग सोमबार २ पटक छलफल गरेका थिए। तर, दुवै बैठक निष्कर्षबिहीन बनेको थियो।

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्