Kathmandu Press

बालुवाटारमा शीर्ष नेताहरु २ घण्टादेखि छलफलमा, सहमतिको सम्भावना न्यून

बालुवाटार बैठकमा एमालले सुन तस्करी प्रकणमा उच्चसतरीय छानविना समिति बनाउनु पर्ने नछोडेपछि सहमतिको सम्भाना नदेखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
बालुवाटारमा शीर्ष नेताहरु २ घण्टादेखि छलफलमा, सहमतिको सम्भावना न्यून

काठमाडौं, साउन २३ : संसद्काे जारी गतिरोधका लागि शीर्ष नेताहरु २ घण्टादेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा छन्। मंगलबार ३ बजेका लागि बोलाइएको संसद् बैठकअघि सहमति जुटाउने प्रयास स्वरुप शीर्ष नेताहरु छलफलमा छन्।

बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित प्रमुख सचेतक र सचेतकहरु पनि सहभागी छन्। तर, बैठकमा सहमति जुट्ने सम्भावना नदेखिएको भन्दै नेताहरु बाहिरिन थालेका छन् ।

बालुवाटार बैठकमा एमालले सुन तस्करी प्रकणमा उच्चसतरीय छानविना समिति बनाउनु पर्ने नछोडेपछि सहमतिको सम्भाना नदेखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए। ‘एमालले राज्यका सयन्त्र, प्रहरी प्रशासन, सिआइवी केही पनि होइन् आयोग नै बन्नु पर्छ भनेपछि कसरी सहमति हुन्छ?,’ उनले ।

उनले अहिलेसम्म कुनै सहमति नभएको, हुने सम्भावना पनि आफूले नदेखेको बताए। लेखकसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि बैठकबाट बाहिरिएका छन्।

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीन दलका शीर्ष नेताको शीर्ष नेता सहभागी छन् । अहिले प्रधानमन्त्री, सभामुखसहित एमालेका अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे छलफलमा छन्।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आफ्नै कार्यक्रममा शीर्ष नेताहरुसँग सोमबार २ पटक छलफल गरेका थिए। तर, दुवै बैठक निष्कर्षबिहीन बनेको थियो।

 

 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्