Kathmandu Press

थुना आदेश बदरको मागसहित शरणार्थी नेता रिजाल उच्च अदालतमा

काठमाडौं जिल्ला अदालतकोको आदेश बदर गरि सामान्य तारेखमा राख्न उच्च अदालतमा निवेदन दिएका रिजालले जिल्ला अदालतको आदेश बेरितको रहेको जिकिर लिएका छन्।
थुना आदेश बदरको मागसहित शरणार्थी नेता रिजाल उच्च अदालतमा

काठमाडौं, साउन २३ : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी र संगठित अपराध अभियोग लगाइएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल जिल्ला अदालतको थुनामा राख्ने आदेश बदरको मागसहित उच्च अदालत पाटन पुगेका छन्।

शरणार्थी नेता रिजाललाई गत असार १ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतकोको आदेश बदर गरि सामान्य तारेखमा राख्न रिजालले उच्च अदालतमा निवेदन दिएका हुन्। रिजालले जिल्ला अदालतको आदेश बेरितको रहेको जिकिर लिएका छन्। मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम थुनछेक आदेश बदर गर्न उनको माग छ।

यसअघि जिल्ला अदालतको आदेश बदर गर्न मागसहित पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, कांग्रेस नेता आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जनाले उच्चमा निवेदन दिइसकेका छन्।

शरणार्थी प्रकरणमा मुछिएका ३० मध्ये १३ जना अझै फरार रहेका छन् ।

 

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्