Kathmandu Press

वर्षाले क्षतिग्रस्त सडक चाँडो सञ्चालन गर्न मन्त्री ज्वालाको निर्देशन

अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनःनिर्माण सुरु गर्न मातहतका निकायलाई उनले निर्देशन दिएका छन्।
वर्षाले क्षतिग्रस्त सडक चाँडो सञ्चालन गर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौं, साउन २३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन्।

अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनःनिर्माण सुरु गर्न मातहतका निकायलाई उनले निर्देशन दिएका छन्।

सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ। देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्।

अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ। ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ। सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ।

मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिए।

निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्