Kathmandu Press

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

अविरल वर्षातका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता नजिक पुगेकाले तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन भनिएको छ।
काठमाडौं उपत्यकामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं, साउन २३ : काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अविरल वर्षातका कारण विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता नजिक पुगेकाले तटीय क्षेत्रमा बिहान ११ बजेसम्म सतर्कता अपनाउन भनिएको छ।

त्यस्तै बागमतीको पधेरा दोभान (कर्मैया) जलमापन केन्द्रमा जल सतह खतरा  तह पार गरेको पनि महाशाखाले ट्विटरमार्फत् बताएको छ। जल सतह बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले मंगलबार बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।

त्यस्तै, पछिल्लो ३ देखि ६ घन्टामा बागमती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको महाशाखाले बताएको छ। थप वर्षात् हुने देखिएकाले कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी आउने उसको अनुमान छ ।

त्यस आसपास ठाउँका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन भनेको छ।

प्रकाशित मिति: ०८:०१ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्