Kathmandu Press

सुन तस्करीमा पक्राउ परेकालाई थप ७ दिन थुनामा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
सुन तस्करीमा पक्राउ परेकालाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडाैं, साउन २२ : सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेका १८ जनालाई गरेको छ। उनीहरुलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।

यसअघि थुनुवाहरुलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएकोमा आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो।

 

प्रकाशित मिति: १९:०० बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्