Kathmandu Press

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलमा ‘ब्रेक थ्रु’

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थितिमा रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गरियो।
नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलमा ‘ब्रेक थ्रु’

काठमाडौं, साउन २२ : नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ। सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थितिमा रेस्क्यु टनेलको  ‘ब्रेक थ्रु’ गरियो।

२०७६ कात्तिक ४ गते शिलान्यास भएको यो सुरुङ २.५५७ किलोमिटर लामो छ। सडक विभागकाअनुसार अब आपत्‌कालीन सुरुङ खन्ने काम सकिएको पनि फिनिसिङको काम भने बाँकी छ।

मुख्य सुरुङ निर्माणको काम भने जारी छ । उक्त सुरुङमा पनि अबको चार महिना भित्र ‘ब्रेक थ्रु’ गरिने दाबी आयोजनाको छ। यो सुरुङ कुल दूरी २.६८८ मध्ये २।१६३ किलोमिटर खनिसकिएको छ। अब ५२५ मिटर खनिए निर्माणमा ‘ब्रेक थ्रु’ हुने छ।

निर्माणमा कुनै समस्या नआए २०८१ पुसमा सुरुङबाट यातायात चल्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ ।अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा निर्माणको काम भइरहेको छ ।

सम्झौतामा अनुसार काम नसकिएपछि आयोजनाको दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ।

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्