शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षबिही, मंगलबार फेरि बस्ने
नेताहरूबीच सहमति हुन नसक्दा मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको छ।
काठमाडौं, साउन २२ : सभामुख देवराज घिमिरेले अवरुद्ध संसद् खुलाउन सोमबार डाकेको शीर्ष नेताको दोस्रो बैठक पनि निष्कर्षबिहीन भएको छ।
सभामुख घिमिरेले कार्यकक्षमा सोमबार बिहान बसेको बैठकमा कुनै सहमति नभएपछि दिउँसो साढे तीन बजे पुनः बैठक बसेको थियो। तर, दोस्रो बैठकमा पनि सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षबिहीन बनेको हो।
नेताहरूबीच सहमति हुन नसक्दा मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको छ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने संसद्को अवरोध खुलाउने विषयमा सबै सहमत रहेको र सकारात्मक रुपमा छलफल बढेको प्रतिक्रिया दिएका थिए।
नेकपा एमालेका नेताहरूले भने सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेका छन्। एमालेका सचेतक महेश बर्तौलाले भने सरकारको अडानका कारण बैठक रोकिएको प्रतिक्रिया दिएका छन् ।
दलहरुबीच सहमति हुन नसक्दा सोमबार बोलाइएको बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।











