प्रतिनिधिसभाको बैठक नचलेकोमा रवि लामिछाने आक्रोशित
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएपछि उनी आक्रोशित भएका हुन्। उनले सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेका छन्।
काठमाडौं, साउन २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन्।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएपछि उनी आक्रोशित भएका हुन्। उनले सामाजिक सञ्जालबाट आक्रोश व्यक्त गरेका छन्।
‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ उनले फेसबुकमा लेखेका छन्, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दुखद ।’
एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाए सदन चल्न नसक्ने अडान कायमै राख्दा प्रधानमन्त्री दाहाल समिति बनाउन तयार देखिएका छैनन्। यही विषयमा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ।