Kathmandu Press

प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित

काठमाडौं, साउन २२ : आज १ बजेका लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठक ४ बजेका लागि सारिए पनि बस्न नसकेपछि स्थगित भएको छ।

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

संसद सञ्चालनको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेसँग प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल गरिरहेका छन्। उनीहरू ३ बजे बस्ने भने पनि ढिलाइ भएपछि संसद बैठक स्थगित गरिएकाे जनाइएकाे छ।

एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ।

छलफलमा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाए सदन चल्न नसक्ने अडान कायमै राख्दा प्रधानमन्त्री दाहालले भने समिति बनाउन तयार नदेखिएकाे बताइएकाे छ। यसरी उनीहरूबीच कुरा नमल्दा संसद बैठक चल्न नसकेकाे बताइएकाे छ।

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्