Kathmandu Press

तीन दलका शीर्ष नेताबीच दोस्रो चरणको छलफल सुरु

पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो। बिहान भएको छलफलका आधारमा पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो। अहिले संसद भवन वानेश्वर स्थित नयाँ वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो।
तीन दलका शीर्ष नेताबीच दोस्रो चरणको छलफल सुरु

काठमाडौं, साउन २२ : संसद संचालनको विषयमा छलफल गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु भएको छ।

पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो। बिहान भएको छलफलका आधारमा पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो। अहिले संसद भवन वानेश्वर स्थित नयाँ वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख सचेतक र सचेतक नेताहरु छन्।
 
प्रकाशित मिति: १६:२६ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्