Kathmandu Press

सय केजी सुन तस्करीको अनुसन्धान एसपी थापाको कमान्डमा

आवश्यकता अनुसार प्रहरीहरुको सहयोग लिएर अनुसन्धान अघि बढाउन थापालाई कार्यादेश दिइएको छ।
सय केजी सुन तस्करीको अनुसन्धान एसपी थापाको कमान्डमा

काठमाडौं, साउन २२ : सय केजी सुन तस्करी प्रकरणको अनुसन्धान एसपी सञ्जय सिंह थापाकाे ‘कमाण्ड’ तोकिएको छ। 

अब उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी थापाको कमाण्डमा अनुसन्धान गर्नेछ।

आवश्यकता अनुसार प्रहरीहरुको सहयोग लिएर अनुसन्धान अघि बढाउन थापालाई कार्यादेश दिइएको छ। आइतबार राजश्व अनुसन्धान विभागले सीआईबीलाई अनुसन्धानका लागि फाइल बुझाएको थियो।

राजश्वको निर्णयपछि सुन काण्डमा पक्राउ परेका १७ जनालाई सीआईबीको हिरासतमा लगिएको छ। अब थापाको कमाण्डमा सीआईबीले उनीहरुमाथि थप अनुसन्धान अघि बढाउने भएको छ।
 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्