सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, संसद् बैठक ४ बजेलाई सारियाे
संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने भएकाे छ। त्यसका लागि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ।
काठमाडौं, साउन २२ : प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुखले डाकेको बैठक निष्कर्षविहीन बनेको छ।
संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने भएकाे छ। त्यसका लागि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ।
छलफलमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
उनका अनुसार संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको छ। आज सदन चले संसदीय समितिको सभापति चयनको प्रक्रिया पनि अघि बढ्ने उनले बताए।
एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ।