राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, साउन २२ : राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित गरिएको छ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेपछि बैठक स्थगित गरिएको हो।
बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध शुरु गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कारबाही अघि बढाउन आग्रह गरे पनि एमालेले अवरोध जारी राखेपछि स्थगित भएको जानकारी गराइयो।
तिमिल्सिनाले शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन पटकपटक आग्रह गरे पनि एमाले आक्रामक शैलीमा प्रश्तुत भएका थिए। अहिले सुन प्रकरणमा प्रहरी छानबिन चलिरहेको छ।
प्रकाशित मिति: १३:४६ बजे, सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











