Kathmandu Press

सात महिनाको अवधिमा आठ हजार डेंगु संक्रमित 

सन् २०२३ जनवरी यता अगस्ट ६ सम्मको अवस्थाबाट यस्तो तथ्य उजागर भएको हो। यस अवधिमा सात हजार सात सय ३३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।
सात महिनाको अवधिमा आठ हजार डेंगु संक्रमित 

काठमाडौं, साउन २२ : नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या आठ हजारनजिक पुगेको तथ्याङ्क सार्वजनिक भएको छ।

सन् २०२३ जनवरी यता अगस्ट ६ सम्मको अवस्थाबाट यस्तो तथ्य उजागर भएको हो। यस अवधिमा सात हजार सात सय ३३ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।

महाशाखाले जनाए अनुसार डेंगीाका कारण सुनसरीको धरान उपमहानगरपालिकामा मात्र आठ र सुनसरीमा एक गरी नौजनाको मृत्यु भएको छ।

गत जुलाईमा मात्र तीन हजार ६ सय ६ संक्रमित थपिएका छन्। महाशाखाले यस बर्ष यो वर्ष नेपालमा डेंगीका चारवटै सेरोटाइप (भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण) देखिएको जनाएको छ।

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ। 
 
प्रकाशित मिति: १३:४० बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्