Kathmandu Press

संसदको अवरोध हटाउन शीर्ष नेताहरूको छलफल जारी

संसदको अवरोध हटाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुखले आफ्नै कार्यकक्षमा शीर्ष नेताहरुलाई छलफल गराएका हुन्।
संसदको अवरोध हटाउन शीर्ष नेताहरूको छलफल जारी

काठमाडौं, साउन २२ : संसदको अवरोध हटाउन शीर्ष नेताहरूको छलफल जारी छ। सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताको छलफल भइरहेको हो।

संसदको अवरोध हटाउने र संसदीय समितिका सभापति चयन प्रक्रिया अघि बढाउने विषयमा सभामुखले आफ्नै कार्यकक्षमा शीर्ष नेताहरुलाई छलफल गराएका हुन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसहित प्रमुख सचेतक र सचेतकहरु सहभागी छन्।

एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ।

निकासका लागि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुईदुई पटक टेलिफोन संवाद पनि गरेका थिए। दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।

प्रकाशित मिति: १२:५० बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्