जेनेभा लागे माधव नेपाल
प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेक हुन्।
काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन्।
प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेक हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेएका नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयलेृ जनाएको छ।
अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले सम्हाल्ने बताइएको छ।
प्रकाशित मिति: ११:०८ बजे, सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार