Kathmandu Press

सभामुख घिमिरेले तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उनको सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं, साउन २२ : संघीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उनको सचिवालयले जनाएको छ।

सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा तीन दलका प्रमुख सचेतक वा सचेतकलाई पनि छलफलका लागि बोलाएका छन्।

एमालेले सुन तस्करी प्रकणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै साउन १० देखि संसद बैठक अवरुद्ध गर्दै आएको छ। संसदको अवरोध खुलाउन सभामुख घिमिरेले आइतबारहरु दलका प्रमुख सचतेक तथा सचेकहरुसँग छलफल गरेका थिए। छलफलमा सबै दलहरु आ–आफ्नै अडानमा कायम रहेपछि सभामखुले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन्।

निकासका लागि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक टेलिफोन संवाद पनि गरेका थिए।

दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएकाले सो अगाडि सहमतिको पहल गर्न लागिएको हो।

प्रकाशित मिति: १०:५५ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्