Kathmandu Press

संसद्को अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्दै 

उनले मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् । आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
संसद्को अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्दै 

काठमाडौं, साउन २२ : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन् । 

उनले मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् । आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

सभामुख घिमिरेले आइतबार (हिजो) सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन । 

एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । 

प्रकाशित मिति: ०८:०१ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्