Kathmandu Press

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको सवारी दुर्घटनाको कारण अदक्ष चालक 

सुदूरपश्चिमका कानुनमन्त्री सिंहको सवारी दुर्घटनाको कारण अदक्ष चालक 

काठमाडौं, साउन २१ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनाको कारण सवारी चालकको अदक्षताका कारण भएको निश्कर्ष छानविन समितिले निकालेको छ। 

दुर्घटनालाई लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। समितिले आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा चालकमा दक्षता नभएका कारण र सवारी साधनबारे सवारी चालकलाई ज्ञान नहुँदा दुर्घटना भएको उल्लेख छ। 

गत असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार गाडी दुर्घटना भएको थियो। सो दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। दुर्घटनामा परी मन्त्री सिंहका निजी सुरक्षा गार्ड दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका थिए। 

खरेल समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो। तर ढिला गरी आइतबार मात्र प्रतिवेदन बुझाइएको हो। 
 

प्रकाशित मिति: १८:०५ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्