सुन तस्करी छानबिनको फाइल प्रहरीलाई जिम्मा
अनुसन्धान फाइलसँगै पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने भएको छ। अब सुन प्रकरणमा नेपाल प्रहरीले थप अनुसन्धान गरी निर्णय लिनेछ।
काठमाडौं, साउन २१ : राजश्व अनुसन्धान विभागले सय केजी सुन तस्करी छानविनको फाइल नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमार्फत सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागको जिम्मा दिइएको जानकारी दिए। विभागले थप छानबिन र मुद्दा अभियोजनको जिम्मेवारी प्रहरीलाई दिएको ढुंगानाले जानकारी दिए।
अनुसन्धान फाइलसँगै पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने भएको छ। अब सुन प्रकरणमा नेपाल प्रहरीले थप अनुसन्धान गरी निर्णय लिनेछ।
गत साउन २ गते सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरिएको थियो। उक्त सुन हङकङबाट नेपालमा भित्र्याइएको थियो। उक्त प्रकरणमा प्रहरीले हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जनालाई पक्राउ गरेको छ। सुन छुटाउने कार्यमा संलग्नताको आशंकामा तीन जना विमानस्थल भन्सारका कर्मचारी पनि पक्राउ परेका थिए।











