Kathmandu Press

वागमतीमा चित्रकारलाई उद्दोग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा 

वागमतीमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर उद्दोग तथा सामान्य प्रशासन मन्त्री थपिएको थियो।
वागमतीमा चित्रकारलाई उद्दोग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा 

काठमाडौं, साउन २१ : बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन्। चित्रकार वागमती प्रदेश कांग्रेसका संसदीय दलका उपनेता समेत हुन्। 

चित्रकारले मन्त्रीमा नियुक्त हुँदै ७ जेठमा शपथ लिए पनि जिम्मेवारी पाएका थिएनन्। साढे दुई महिनासम्म विना विभागीय रहेका उनलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको हो।

वागमतीमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर उद्दोग तथा सामान्य प्रशासन मन्त्री थपिएको थियो। 
 
प्रकाशित मिति: १७:३४ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्