Kathmandu Press

बैठकपछि पार्टी भावनात्मक रुपमा एक भएको प्रचण्डको दाबी 

पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू हामी एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन्। 
बैठकपछि पार्टी भावनात्मक रुपमा एक भएको प्रचण्डको दाबी 

काठमाडौं, साउन २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले, पार्टी भावनात्मक रुपमा एक ढिक्का भएको दाबी गरेका छन्। 

पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू हामी एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन्। 

‘विचार र राजनीतिमा मात्र एकमत भएका छैनौ। मेरो विश्वास छ र म घोषणा गर्न सक्छु। आम मिडिया मार्फत जनतासामु भन्न चाहन्छु , सबैका निम्ति यो खुसीको कुरा हो हामी भावनात्मक रुपले पनि एकजुट भएका छौं। अब माओवादी फेरी जागेको छ। माओवादीले देशको नेतृत्व लिने गरी फेरी अगाडी बढ्ने छ,’ उनले भने। 

आफूहरु अब जनताको भावनालाई सम्बोधन गर्ने बाटोमा कुनै सम्झौता नगर्ने उनको उद्घोष छ।

‘नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्न जस्तो सुकै त्याग र बलिदान गर्न तयार छौं। बीचमा कता कता केहि अन्यौलमा परेको जस्तो भएको थियो यो बैठकले नयाँ उज्यालो पार्टीलाई र देशलाई दिएको छ,’ प्रचण्डले भने। 
 

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्