Kathmandu Press

माघमा हुने महाधिवेशनअघि १ लाख सदस्य बनाउने लक्ष्य : नेकपा एस

महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजहरुलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने नेता गंगालाल तुलाधरले बताए।
माघमा हुने महाधिवेशनअघि १ लाख सदस्य बनाउने लक्ष्य : नेकपा एस

काठमाडाैं, साउन २१ : नेकपा एकीकृत समाजवादीले माघको दोस्रोे साता पार्टीको महाधिवेशन गर्ने र त्यसअवधिसम्म १ लाख सदस्य बनाउने लक्ष्य पूरा गर्नेगरी अघि बढेको बताएको छ। महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजहरुलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने नेता गंगालाल तुलाधरले बताए।

आज बसेको पार्टी स्थायी कमिटी बैठकमा आगामी महाधिवेशनबारे छलफल गरेको उनले बताए। भदौमा हुने केन्द्रीय कमिटीमा पेस हुने विभिन्न राजनीतिक, संगठनात्मक प्रतिवेदनलगायतका विषयमा पनि पदाधिकारीसँग सुझाव लिइएका नेता तुलाधरले जानकारी दिए। उनले सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकमा धारणा राख्नेहरुले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केही लामो भएको जानकारी दिए। उनले सदनलाई सहज रुपमा अघि बढाउन र प्रभावकारी बनाउन पार्टीको भूमिकाका बारेमा पनि बैठकमा कुराकारी भएको जानकारी दिए। 

बैठकमा बर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयीक विषयहरु लिखित रुपमा पेश गर्दै खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा सङ्गठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराउए। ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्ने खनालको भनाइ छ। उनले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरी हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्ने समेत उल्लेख गरे। 

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्