पार्टी र नेतृत्वविरुद्ध घेरावन्दी छ : प्रचण्ड
उनले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको पनि बताए।
काठमाडौं, साउन २१ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी र षड्यन्त्र भइरहेको बताएका छन्।
केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले यस्तो भनाई राखेका हुन्।
उनले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको पनि बताए।
बैठकलाई संवोधन गर्दै प्रचण्डले भने, ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो। हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ।’
प्रचण्डले अहिले पनि नेतृत्व र पार्टीमाथि घेरावन्दी जारी रहेको बताए। उनले आफुलाई जेल हाल्ने कुरा गरेको पनि वैठकमा सुनाए। माओवादी वैठक पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको भनाई प्रचण्डको छ। तीन महिने अभियान चलाएपछि पार्टी नयाँ बन्ने दाबी समेत प्रचण्डको थियो।











