माओवादी केन्द्रीय समिति बैठक : पदाधिकारीको विभाग फेरबदल प्रस्ताव
आज बिहान बालुवाटारको बसेकाे पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदलकाे प्रस्ताव अघि सारेका हुन्। उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएका छ। अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।
काठमाडौं, साउन २१ : माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग फेरबदलकाे प्रस्ताव गरिएको छ।
आज बिहान बालुवाटारको बसेकाे पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदलकाे प्रस्ताव अघि सारेका हुन्। उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएका छ। अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।
अग्नि सापकोटालाई प्रचार विभाग जिम्मेवारी तोकिएको छ भने पम्फा भुसालला जनवर्गीय संगठन इन्चार्जकाे जिम्मा दिइएकाे छ। उपाध्यक्ष कृष्ण महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन्। यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदूरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएको बताइएकाे छ।
बुधबार सुरूभएकाे केन्द्रीय समिति बैठक कमलादीमा पाँचाैं दिनमा जारी छ। विभाग फेरबदलकाे प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि पेस गर्ने र अनुमोदन भएपछि लागु हुने एक केन्द्रीय सदस्यले बताए।