Kathmandu Press

केन्द्रीय समितिको समापन बैठकअघि बालुवाटारमा माओवादीको पदाधिकारी बैठक

अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको पदाधिकारी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको बताइएको छ।
केन्द्रीय समितिको समापन बैठकअघि बालुवाटारमा माओवादीको पदाधिकारी बैठक

काठमाडौं, साउन २१ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ५ दिनदेखि जराी केन्द्रीय समिति बैठक आज सकिँदैछ। केन्द्रीय समितिको समापन बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीको पदाधिकारी बैठक बसिरहेको छ।

अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको पदाधिकारी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको बताइएको छ। साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ।

बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्ष नेताहरूको जीवन शैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन्। बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष दाहालले दिएपछि बैठक समापन हुने छ।

आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ।

 

प्रकाशित मिति: ११:४० बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्