न्यायाधीशका पिएसओको पेस्तोल चोर्ने २ जना पक्राउ
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेका्े प्रहरीले जनाएको छ।
काठमाडौं, साउन २१ : सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ प्रभाकार खड्काको पेस्तोल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेका्े प्रहरीले जनाएको छ। बौद्धको शिवमन्दिर नजिकै पेस्तोल र ७ राउण्ड गोली पनि बरामद भएको थियाे।
असार ३० गते खड्काको घरबाटै पोस्तोल चोरी भएको थियो। सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए। फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।
पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १०:४५ बजे, आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











