एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै
शनिबारको बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए ।
काठमाडौं, साउन २१ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
शनिबारको बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए । आज बाँकी नेताले बोल्नेछन् ।
बैठकमा बोल्ने नेताहरूले पार्टी क्षयीकरण हुँदै गएको बताएका छन् । पार्टीमा भित्रिनेभन्दा बाहिरिने क्रम बढेको भन्दै उनीहरुले पार्टीलाई सबलीकरण र चुस्तदुरुस्त बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति: ०९:१० बजे, आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











