काठमाडौंको तारकेश्वरमा पहिरोमा परी बाबु र छोरीको मृत्यु, आमा घाईते
प्रहरी वृत्त बालाजुका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
काठमाडौं, साउन २१ : काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।
प्रहरी वृत्त बालाजुका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन ।
प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार